सम्पादकीय

नक्कली प्रहरी बनी अपहरण र रकम असुली गर्ने पक्राउ



काठमाडौं २६ भदौ । नक्कली प्रहरी बनी अपहरण गर्दै मोटो रकम असुल्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले तीन जनालाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा थवाङका ३० वर्षीय सुनिलकुमार कामी, रोल्पाकै २४ वर्षीया आत्मीयता बुढा मगर र रुकुम भुमेका २२ वर्षीय जितेन्द्र सुनार रहेका छन् ।

उनीहरूले आफू सीआईबीको र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीे भएको भन्दै दाङको घारोही उपमहानगरपालिका–१८ का ५३ वर्षीय हस्तबहादुर नेपालीलाई अपहरण गरेका थिए ।

अपहरणकारी आत्मीयताले उनलाई पुरानो चिनजानका साइनो जोड्दै बोलाएर अपहरण गरी काठमाडौंकै एक होटलमा राखेकी थिइन् । पछि सुनार र कामी आएर बन्धक बनाई ५ लाख रुपैयाँ मागेका थिए । ५ लाख रुपैयाँ नभएपछि हस्तबहादुरले ७८ हजार रुपैयाँ दिएको र बाँकी रकम पछि दिने कागज गरेपछि उनलाई छाडिएको थियो । पुनः पछि फोन गरी बाँकी रकम माग्दै ज्यान मार्नेसम्मको धम्की दिएको पीडितले प्रहरीसमक्ष बयान दिएका छन् ।राजधानि दैनिकमा समाचार छ ।