सम्पादकीय

स्थानीय तहलाई गाडी उपलब्ध गराउँदै सरकार



काठमाडौं, २७ भदौ । सरकारले सबै स्थानीय तहलाई गाडी उपलब्ध गराउने भएको छ, जसका लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुनेछ ।  स्थानीय विकास मन्त्रालयले सात सय ५३ वटै स्थनीय तहलाई गाडी उपलबध गराउन लागेको हो । मन्त्रालयले स्थानीय तहलाई फोर ह्विल (फोर डब्ल्यु डी) गाडी उपलब्ध गराउन मापदण्ड तोकेको छ । बजारमा फोर ह्विल गाडीको न्युनतम मुल्य ३० लाख रुपैयाँ पर्छ ।,

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले उपमहानगरपालिका र पुराना नगरपालिाकालाई तीनवटा, नयाँ नगरपालिकालाई दुईवटा र गाउँपालिकालाई कम्तीमा एउटा गाडी उपलब्ध गराउने निर्णय भएको बताए ।  नागरिकमा समाचार छ ।