सप्तरी, २ असोज । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नं २ को सप्तरीमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले बिहान ७ः०० बजे मतदान गर्नुभएको छ ।
उहाँले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
२० वर्षको पछि भएको स्थानीय तहको निर्वाचनमा आ–आफना उम्मेदवारलाई विजयी गराउन मतदाता मतदान गर्न लाइनमा लागेका छन् ।
निर्वाचन भइरहेको स्थानमा अप्रीय घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदानस्थल र मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको बताउँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मतदातालाई निर्धक भई मतदान गर्न आग्रह गर्नु भएको छ ।
स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयनका लागि मतदान शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्