काठमाडौं, ५ असोज । नमुना संकलन गरिएको पानीको जार सरकारी निकायमै थन्काएर राखेको रहस्य खुलेको छ ।
संकलित पानीको जार नमुना परीक्षणका लागि ल्याए पनि एक बर्षसम्म आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमै थन्किएको छ ।
सरकारी निकायले अनुगमनका क्रममा जारको पानीको नमुना संकलन गरे पनि पानीको अवस्थाका बारेमा पानी उत्पादक कम्पनीलाई जानकारी गराएको पाइएको छैन ।
गुणस्तरहीन पानी वितरण गरेको भन्दै जारको पानीको नमुना संकलन गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ । नमुना परीक्षणको नतिजा विभागले बाहिर सार्वजनिक नगर्दा उपभोक्ता कस्तो पानी खाइरहेका छौं भन्नेमा अनभिज्ञ छन् । नेपाल समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्