सम्पादकीय

नयाँ कुमारी चयनमा विवाद



काठमाडौं, ८ असोज । कुमारी घरका चिताइदारले तलेजुको मूल पुजारीलाई जानकारी नै नदिई सुटुक्क नयाँ कुमारी छनोट प्रक्रिया सकेका छन् ।

अष्टमीको दिन हाल कुमारीका रुपमा रहेकी मतिना शाक्यलाई बिदा गरी नयाँ कुमारी प्रतिस्थापन गर्ने तयारी भएको छ । त्यसका लागि चिताइदार गौतम शाक्यले सम्पूर्ण प्रक्रिया पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पेस गरिसकेका छन् ।

नयाँ कुमारी छनोट समितिका पदाधिकारीलाई जानकारी नै नदिई शाक्यले एकलौटी रुपमा कुमारी परिवर्तन गर्ने तयारी गर्नुभएको छ । चिताइदार शाक्यले एक टोली लिएर राष्ट्रपतिसमक्ष नयाँ कुमारीको विषयमा जानकारी दिएका छन् ।

टोलीले भदौ ३१ गते नयाँ आउने कुमारीको बारेमा जानकारी गराएको थियो । तर गुठी संस्थानले १२ वर्ष उमेर पुगिसक्नुभएकी कुमारी परिवर्तन गर्न समिति बनाएको हो । नेपाल समाचारपत्रमा समाचार छ ।