सम्पादकीय

आगामी चुनाव रणनीतिबारे एमालेमा तीन धार



काठमाडौं, ८ असार । एमालेको चुनावी रणानीति बनाउन बसको बैठक तीन धारमा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमाथिको समूहगत छलफलमा टोली नेताहरुले तीन प्रकारको धारणा व्यक्त गरेका हुन् ।

‘अध्यक्षलाई प्रधानमन्त्री बनाएर जाने, अध्यक्षलाई प्रधानमन्त्ती मात्रै नभएर सबै प्रदेशका मुख्यमन्त्रीसमेत तोकेर चुनावमा जानु पर्ने र नेतृत्व तोकेर जाँदा चुवान परिणाम प्रत्युपादक हुने भन्ने तीन प्रकारको धारणा आएको छ,’ एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘सबै समूहका नेताहरुले प्रतिवेदनमाथि छलफल गर्दा तीन प्रकारका धारणा आएको जानकारी गराउनुभएको छ ।

बैठकमा प्रदेश नं।१ बाट शिवमाया तुम्बहाम्फे, २ बाट सत्यनारायण मण्डल , ३ बाट काशीनाथ अधिकारी, ४ बाट गणेश तिमिल्सिना, ५ बाट दलबहादुर राना, ६ बाट यामलाल कँडेल र ७ बाट भीम रावल तथा मोर्चा संगठनका तर्फबाट महेन्द्रबहादुर पाण्डेले समूहमा भएको छलफलमा उठेका विषयहरु प्रस्तुत गरेका थिए । नागरिकमा समाचार छ ।