काठमाडौं, ८ असोज । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरु दौडधुपमा लाग्न थालेका छन् ।
मूख्यसचिव क्षेत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् । ‘दशैं तिहारको लामो बिदा पर्ने हुनाले अब पुख्यसचिवका रुपमा काम गर्न १८ दिन मात्रै बाँकी छ,’ मुख्यसचिव क्षेत्रीले भने ।
उनी गत २९ असारमा मुख्यसचिवमा नियुक्त भएका थिए । क्षेत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रुपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीनजना सचिव प्रतिस्पर्धामा छन् । तत्कालीन मुख्यसचिव डा।सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लािग मुख्यसचिव हुने अवसर पाएका थिए ।
मुख्यसचिवको प्रतिस्पर्धामा गृह सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्धय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्