Banner News

जनकपुरमा राजपाको जीत



धनुषा, ८ असोज । जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।

राजपाका प्रमुखका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपप्रमुखमा रीता झा १७ हजार १४७ मत ल्याई विजयी भएकाछन । उनिहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका मनोजकुमार साहले ११ हजार १६४ र काँग्रेसकी नीलम कर्णले १० हजार ६०५ मत ल्याए ।

उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२ वटा वडा, काँग्रेसले सात वडा, संघीय समाजावादी फोरम नेपालले तीन, नेकपा एमाले ले दुई र स्वतन्त्र उम्मेदवार एक वडामा विजयी भएका छन् ।