सम्पादकीय

कांग्रेसको गढ जनकपुरमा कांग्रेस यसकारण हार्यो



धनुषा, ९ असोज । कांग्रेसका तत्कालीन महामन्त्री स्व. महेन्द्रनारायण निधिको स्वर्णिम इतिहास बोकेको भिथिला नगरी जनकपुरधाम संगठानिक रुपले कांग्रेसको गढ मानिए पनि यहाँको निर्वाचन परिणाम भने पार्टीका लागि सुखद छैन ।

यस पटकको स्थानीय तह निर्वचनले पनि उही इतिहास दोहोर्यायो । उपमहानगरका मेयर, उपमेयरसहित २५ वडामध्ये आधाभन्दा बढीमा राजपाले कब्जा जमाएको छ । राजपाका मेयर उम्मेदवार लालकिशोर साहलेकांग्रेसका मनोजकुमार साहलाई पराजित गरे । त्यो पनि ठूलो मततान्तरले ।

जनकपुरको नेतृत्व लिन यसपालि पनि कांग्रेसले सानो कसरत गरेको होइन । पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि गृहनगरमा नै खटिए ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्ण प्रसाद सिटौलासहितका शीर्षनेताको सहभागितामा नुचावनी प्रचार गराए । तर, निर्वाचन परिणामले उनको सम्पूर्ण प्रयास विफल सावित हुन पुग्यो । कान्तिपुरमा  समाचार छ ।