सम्पादकीय

सेयर घट्ने क्रम जारी



काठमाडौं, ९ साउन । सेयर बजारमा गिरावट आउने क्रमले निरन्तरता पाएको छ । चाडपर्वको मुखमा बजारमा किन्नेभन्दा विक्री गर्नेको चाप बढी भएकाले बजार घटेको विश्लेषकले बताएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २ दशमलव ८९ अंकले घटेर १५३६ दशमलव ९२ अंकमा झरेको छ यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेकस १ अंकले घटेर ३३२ दशमवलव ११ अंकमा झरेको छ ।

विभिन्न १५० कम्पनीको ९ लाख ९१ हजार कित्ता सेयर यस दिन ३१ करोड रुपैयाँमा खरिदविक्री भएको छ । यस दिन कारोबार भएका विभिन्न आठ समूहमध्ये चारवटाको घटेको छ भने चारवटाकै कारोबार बढेको छ । राजधानीमा समाचार छ ।