Banner News

एमाले र माओवादी केन्द्र सूर्य चिन्हमा चुनाव लड्ने ?



काठमाडौ,१७ असोज । नेकपा एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्ह लिएर चुनाव लड्न खोजेपछि त्यसो कानुनी पाटोका विषमया छलफल सुरु भएको छ । निर्वाचन ऐनमा एकभन्दा बढी दलले मिलेर एउटै चिह्नमा निर्वाचन लड्न पाउन कानुनी व्यवस्था छ । त्यसका लागि २७ भदौसम्म निवेदन दइसक्नु पर्नेछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अहिलेसम्म तीन दलले एउटै चिह्न लिएर लड्नेमा निवेदन दिएको जानकारी दिए ।

तर, एमाले र माओवादीले हामी एउटै निर्वाचन चिह्नमा लड्छौँ भनेर निवेदन दिएका छैनन् । ती तीन दल मिलेर लडेको विषय रेकर्डमा आउँछ । तर, माओवादी उम्मेदवार एमालेको सूर्य चिह्नमा लड्ने हो भने परिणाममा एमालेको हिसाब हुने उनले बताए ।

‘माओवादीको रेकर्ड कहीँ कतै रहँदैन उनले भने, ‘त्यस्तो अवस्थामा माओवादीको कानुनी अस्तित्व देखिँदैन ।’ आन्तरिक र व्यावहारिक रूपमा दलहरू मिलेर निर्वाचनमा लड्न खाजे उनीहरुले आफ्नो हिसावले हिसाव किताव मिलाउन भने छुट रहेको छ । एमालेले ६० र माओवादी केन्द्रले ४०को भागबण्डामा चुनाव चिन्ह लड्ने र चुनाव भिन्ह सूर्य हुने विषयमा सहमति गरेका छन् ।
नेपालपाटीबाट