कैलाली, २१ असोज । कांग्रेस कैलालीले प्रदेश र प्रतिनिधिसभाका लािग दुई सय ४५ जना उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाएको छ । कैलाली क्षेत्र नं। ५ बाट पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि सिफारिसमा परेकी छिन् ।
क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ नौजना र समानुपातिकमा १७ जनाको नाम पिसफारिस भएको छ । क्षेत्र नं। २ बाट प्रत्यक्षतर्फ ८ जना र समानुपातिकमा १४ जना सिफारिसमा परेको कांग्रेस कैललीका उपसभापति प्रकाश बमले बताए ।
क्षेन नं। ३ बाट प्रतिनिधिसभामा चारजना र समानुपातिक तर्फ ३ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं। ४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चारजना र ३ जना सिफारिस गरिएको छ । यस्तै क्षेत्र नं। ५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ जना र समानुपातिकमा एकजना मात्रै सिफारिस गरिएको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्