काठमाडौं, २१ असोज । कार्यकाल पूरा हुनुभन्दा तीन बर्षअघि नै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । अघिल्लो पटक भारतका लागि राजदूत हुँदा तत्कालीन सरकारले उनलाई जबरजस्ती फिर्ता बोलाए पनि अहिले भने आफ्नै स्वार्थका कारण उनले राजदूतको पद त्याग्ने निर्णय गरेका हुन् ।
राजदूत उपाध्यायले शुक्रबार दिउँसो १ बजे परराष्ट्र मन्त्रालय पुगी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् । मन्त्री महराले शुक्रबार नै राजदूतले बुझाएको राजीनामापत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए । आउँदो मन्त्रिपरिषद् बैठकले उपाध्यायको राजीनामा स्वीकृत गर्नेछ ।
आगामी निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले राजदूत नियुक्त भएको बर्ष दिनमै राजीनामा गरेका हुन् । कपिलवस्तु निर्वाचन क्षेत्र १ कांग्रेसबाट केन्द्रको निर्वाचनका लागि उम्मेदवारमा उनी सिफारिसमा परेका छन् । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्