राजनीति

दुई जना काँग्रेसबाट निष्काशित



इनरुवा २४ असोज । नेपाली काँग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए ।

‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएकोे’ जनाइएको छ ।