सम्पादकीय

कालोसूचीमा परेको हरिसिद्धिको जग्गा बिक्री गर्न चलखेल



काठमाडौं, २५ असोज । राष्ट्र बैंकले कालो सूचीमा पारेको हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेडको जग्गा बिक्री गर्ने चलखेल सुरु भएको छ ।

सञ्चालक एनबी समूहले कारखानाको नेपाल बंगलादेश बैंक ९एनबी० मा धितोमा रहेको ८३ रोपनी र नबिल बैंकमा २५ रोपनी गरी कुल एक सय आठ रोपनी जग्गा बिक्री गर्न १० करोड रुपैयाँ बैना लिइसकेको छ ।

कारखानाका नाउँमा रहेको उक्त जग्गा बिक्री गर्ने हरिसिद्धि इँटा टायल कारखानाका तर्फबाट सञ्चालक रोजकुमार श्रेष्ठ र प्रिफेब हाउस नेपाल कम्पनीका सञ्चालक केशवप्रसाद तिमल्सिनाबीच १ अर्ब ३३ करोड रुपैयाँमा किनवेच सम्झौता भएको हो । कान्तिपुरमा समाचार छ ।