सम्पादकीय

जेलमा बसेर घर पैसा पठाउछन् बन्दी



जाजरकोट , २७ असोज । झण्डै छ महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेका कुशबहादुर महताराले जेलमै हस्तकला एवम् बुनाईको सीप सिके । अहिले उनी अन्य कैदी–बन्दीको तुलनामा निकै सिपालु देखिन्छन।

महताराले आफूसँगै कैदी जीवन बिताइरहेका साथीलाई सिकाउँदै आएका छन । उनी भन्छन, ‘भोली समाजमा फर्केपछि आर्थिक आयआर्जन गर्न पुनस्र्थापना हुन सजिलो होस भनेर साथी भाइलाई पनि सम्झाउँदै यस्ता सीप सिकाउने गर्छु ।

काम गरेर आफ्नो खर्च जुटाएको तथा कहिलेकाहीँ घर पनि पठाउने गरेको बताउँदै महतारा भने, ‘श्रीमतीलाई कहिले महिनैपिच्छे चार पाँच हजार पठाउने गरेको छु । आज भोली श्रीमतीले पनि बचत गर्न थालेकी छिन् । यसबाहेक छोराछोरीलाई पनि कापी, कलम किन्ने पैसाको जोहो भएको उनी बताउछन । गोरखापत्रमा समाचार छ ।