काठमाडौं, २७ असोज । संसारको सवैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महंगो र विकसित देशहरुमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ ।
बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजनाको पावरहाउजनजिकै बिटक्वाइन उत्पादनसमेत गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पत्ता लगाएको छ ।
शाहलाइ गत साता बिटक्वाइन र अन्य विद्युतीय मुद्राको उत्पादन र कारोबार गरेको आरोपमा सिआइबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको । उनले स्थानीय भीमबहादुर श्रेष्ठको भरमा कोठा भाडामा लिएर बिटक्वाइनको माइनिङ (उत्पादन) गर्दै आएका थिए । बिहीबार सिआइबीले त्यहाँ छापा मारेर उपकरणहरु नियन्त्रणमा लिएको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्