काठमाडौं, १ कात्तिक । टक्सार विभागका कर्मचारीलाई आजभोली भ्याईनभ्याई छ । उनीहरुलाई बोल्न फूर्सद छैन। किनकी तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ । तिहारमा मात्रै असर्फी छपाई गर्ने विभागले लाईनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्री गर्ने गरेको छ ।
विभागले १० ग्रामको चाँदी र ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्री गर्ने गरेको छ । ‘हामीलाई अहिले फूर्सद नै छैन्, असर्फी किन्नेको घुइँचो लाग्ने गरेको छ ।’ विभागका निर्देशक सतेन्द्र तिमिल्सेनाले भन्नु भयो ।
उहाँका अनुसार विभागले हाल गणेश र लक्ष्मीको फोटो अंकीत चाँदीका १० हजार असर्फी तयार गरेको छ । लक्ष्मीको ६ हजार र गणेशको ४ हजार गरी चाँदीको १० हजार असर्फी तयार गरेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्