सम्पादकीय

उस्मानको तस्करी यात्राः लबबर्ड र मैनाचरी हुँदै चिम्पान्जीदेखि कछुवासम्म



काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियाबाट चिम्पान्जी, बाँदरलगायत चरा भित्र्याएको आरोपमा मंगलबार समातिएका मोहम्मद उस्मान पहिलोपटक वन्यजन्तु तस्करीको अभियोगमा समातिएका होइनन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो सीआईबी ले पक्राउ गरी वन कार्यालय काठमाडौं समक्ष बुधबार बुझाइएका ६ जनामध्येका ३४ वर्षीय छोटु भनिने उस्मान नामुद वन्यजन्तु र चरा तस्कर हुन् ।

यसअघि पनि खरायो, कछुवा र विभिन्न प्रजातिका विदेशी चरा तस्करीमा संलग्न भएको पाइएपछि उनी २०७१ र २०७३ को असार र मंसिरमा प्रहरीको फन्दामा परेका थिए । जेल परी सजाय भोगेर निस्किए पनि यिनले तस्करी गर्न भने छोडेका छैनन् ।

करिब १५ वर्षदेखि काठमाडौंलाई केन्द्रविन्दु बनाएर यिनले अफ्रिकी मुलुकका साथै मलेसियालगायतका मुलुकबाट चरा र वन्यजन्तु तस्करी गर्ने गरेका छन् ।

रोचक त के छ भने भारत पटना स्थायी घर भई स्वयम्भू बस्ने यिनका ५ दाजुभाइमध्ये ४ जना वन्यजन्तु र चराचुरुंगी तस्करीकै काममा संलग्न छन् । सीआईबीमा लामो समय वन्यजन्तु तस्करीबारे अध्ययन गरेका डीएसपी प्रवीण पोखरेलका अनुसार उस्मानसहित उनका भाइहरु अनवर, अफसर र फिरोज वन्यजन्तु तस्करीकै काममा संलग्न छन् । उनका कान्छा भाइ भने पटनामै कपडा व्यवसाय गर्छन् । कान्तिपुरमा समाचार छ ।