काठमाडौं । नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ, कसैलाई थाहा छैन ।
पूर्वराजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो । श्रीपेच राखेको कक्षको साँचो नारायणहीटी संग्रहालय विकास सकितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ ।
‘हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौँ, तर अहिलेसम्म उत्तर आएको छैन ।’ संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भन्नुभयो । नेपाल समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्