Banner News

बाम गठबन्धनको बहुमत आउने गुप्तचरको रिपोर्ट , प्रत्यक्षमा १ सय दश ल्याउने दावी



काठमाडौ,८ कार्तिक । बाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला र? के त्यसपछि नेपाली काँग्रेसका नेताहरूले भनेझैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला रु या, यी सबै कुराहरू कागजी बाघ मात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत् प्रश्नको जवाफ खोजिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालै जासुसी संयन्त्रले एउटा विश्लेषणात्मक रिपोर्ट बुझाएको छ ।

त्यसमा आगामी निर्वाचनमा वाम गठबन्धन कुन स्थितिमा रहन्छ, नेपाली काँग्रेसले प्रत्यक्ष तथा समानुपातिकमा कति सिट र प्रतिशत ल्याउन सक्छ, एमाले र माओवादीले कति–कति मत र स्थान आफ्नो पक्षमा पार्ने सम्भावना छ भन्नेदेखि लिएर संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा, नयाँ शक्ति नेपाल र अन्य दलहरूले प्राप्त गर्नसक्ने प्रत्यक्षतर्फका सिटसंख्या र समानुपातिकबाट ल्याउन सक्ने प्रतिनिधित्वको समेत आँकलन गरिएको छ । स्थानीय तह निर्वाचन २०७४ मा पार्टीहरूले प्राप्त गरेको मतसंख्या तथा प्रतिशत, त्यसपछि बढेका मतदाता संख्या र त्यसको सम्भावित बाँडफाँडसमेतको आधारमा दलहरूको भविष्यबारे गरिएको आँकलनले नेपाली काँग्रेस दोस्रो बन्ने देखाएको छ ।

गठबन्धनमा सामेल गराउन काँग्रेसले राजपाको मागबमोजिम सिट उपलब्ध गराउने दबाव झेल्नु पर्नेछ भन्दै वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको विश्लेषण गर्न विगतका निर्वाचनहरूमा प्राप्त मतलाई समेत आधार बनाइएको छ । नेपाली काँग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २६ प्रतिशत विजय हासिल गरेको थियो भने समानुपातिकतर्फ २९।८ प्रतिशत मत पाएको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा उसले जम्मा ३३ प्रतिशत मत हासिल गरेको देखिन्छ जबकि एमालेले ३४ प्रतिशत मत हात पारेको थियो । प्रत्यक्षतर्फ ०७० मा जम्मा २४ प्रतिशत र समानुपातिकतर्फ जम्मा २८ प्रतिशत मत प्राप्त गरेर दोस्रो बनेको एमाले अब पहिलो बन्छ भन्ने आधार नै ०७४ को स्थानीय तह निर्वाचनमा उसले प्राप्त गरेको मत प्रतिशत हो । माओवादी केन्द्र ०७० भन्दा धेरै नखस्किएको तथ्यांकले देखाउँछ । त्यसबेला प्रत्यक्षतर्फ १५ प्रतिशत र समानुपातिकतर्फ १७।७९ प्रतिशत मत पाएको माओवादीले स्थानीय तह निर्वाचनमा पनि १७ प्रतिशत मत ल्याएको छ ।

संविधानसभाको दोस्रो निर्वाचनको बेलाभन्दा अहिले मधेशी फोरम पनि धेरै खस्किएको देखिँदैन । त्यसबेला पनि ४ प्रतिशतको हाराहारीमा रहेको फोरमले स्थानीय तहमा सोही हैसियत कायम गरेको पाइन्छ । जबकि राप्रपा नेपाल र राप्रपाले क्रमशः ८ र ६ प्रतिशतको हाराहारीमा ०७० सालमा मत प्राप्त गरेकोमा अहिले ३ प्रतिशतको आसपासमा खुम्चिनु परेको छ । संविधानसभाको दोस्रो निर्वाचनताका १५।९३ प्रतिशत अन्य साना दललाई प्राप्त भएकोमा ०७४ सालमा त्यस्ताले जम्मा १।८३ प्रतिशतमात्र पाएको हिसावमा अब मतदाताहरू ठूला दलहरूतर्फ बढी आकर्षित भएको स्पष्ट देखिन्छ । त्यस्तो प्रवृत्तिले गठबन्धन अझ मजबुत बन्ने र सानाको अस्तित्व नामेट पार्ने सम्भावनातर्फ त्यो रिपोर्टले इंगित गरेको छ ।

वाम गठबन्धनबाट काँग्रेसीहरू जति आत्तिएका थिए त्यति अत्तालिनु नपर्ने अवस्था सो रिपोर्टले देखाएकै कारण होला चुनाव रोकी छाड्ने मनस्थितिबाट कोहीकोही विस्तारै पछि हटेको संकेत देखिँदैछ । ०७० सालको निर्वाचनमा एमाले, माओवादी केन्द्र, जनमोर्चाले समानुपातिकतर्फ क्रमशः २८, १७।७९ र ०।९८ ल्याएर जम्मा ४७।६६ प्रतिशत समानुपातिक र ४०।८० प्रतिशत प्रत्यक्ष हासिल गरेकोमा स्थानीय तह निर्वाचन २०७४ मा यी वाम दलले ५१।८७ प्रतिशत मत ल्याएको देखिएको छ । वाम गठबन्धनमा नेपाल परिवार दल, नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चा तथा सीपी मैनालीको मालेबाट समेत केही मत जोडिएको छ । नयाँशक्ति गठबन्धनमा नरहँदा पनि वाम गठबन्धनको पक्षमा ५१।३४ प्रतिशत मत रहेको ०७४ को स्थानीय तह निर्वाचनले देखाएको छ ।

सो रिपोर्टमा यही तथ्यांकको आधारमा अबको प्रतिनिधिसभामा वाम गठबन्धनका दलहरूमध्ये एमालेले ६० सिट प्रत्यक्षतर्फ जित्ने आँकलन गरिएको छ । जसमा १० सिट तलमाथि हुनसक्ने जनाइएको छ । एमालेले प्रत्यक्षतर्फ ९० सिट मात्र लिँदैछ । जबकि उसले माओवादीसँग गरिएको प्रतिशत बाँडफाँडको आधारमा १०७ सिट पाउनुपर्ने हुन्थ्यो । त्यसैगरी ५६ सिट माग गरेको माओवादीले ५३ सिट पाउनु पर्ने हुन्छ भने उसले ३५ ९ं– ७० सिटमा विजय हासिल गर्ने अनुमान रिपोर्टमा छ । यदि वाम गठबन्धनमा रहेको भए नयाँ शक्तिले दुई सिट जित्ने आँकलनमा उल्लेख छ । उसले प्रतिशतका आधारमा पाउनुपर्ने पनि २ सिट नै हो । तर १५ सिट दाबी ग¥यो र अन्ततः वाम गठबन्धनबाट बाहिरिई काँग्रेससँग नजिकियो । त्यसैगरी राष्ट्रिय जनमोर्चा, परिवार दल, नेकपा संयुक्तले क्रमशः २, १, १ सिट जित्ने अनुमान सो रिपोर्टले गरेको छ । यसो हुँदा वाम गठबन्धनले प्रत्यक्षतर्फ कम्तिमा ९० र बढीमा ११० सिट जित्ने उल्लेख छ । त्यसैगरी लोकतान्त्रिक गठबन्धन बनेको अवस्थामा काँग्रेसले ५० सिट, राजपा र संघीय समाजवादी फोरमले १५, लोकतान्त्रिक फोरमले ५, राप्रपा नेपालले १ र राप्रपा गणतान्त्रिकले बढीमा ३ सिट गरी सो गठबन्धनले प्रत्यक्षतर्फ कम्तिमा ६३ र बढीमा ० सिट जित्ने सम्भावना देखाइएको छ ।

तर, सो गठबन्धनमा राजपा र संसफो नरहेको हुँदा सोझै १५ सिट कम हुने देखिन्छ । रिपोर्टमा स्थानीय तह निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दै लेखिएको छ, ‘नेकपा एमालेले ३४।१४ प्रतिशत मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले ३४ प्रतिशत मत प्राप्त गरेको छ । यदि वाम गठबन्धनको भोट जोड्ने हो भने लोकतान्त्रिक गठबन्धनभन्दा १० लाख ३२ हजार ६७० मत अगाडि देखिन्छ । जुन ७।०६ प्रतिशतले लोकतान्त्रिक गठबन्धनको भन्दा बढी हो । तर स्थानीय तह निर्वाचनपछि १३ लाख ७३ हजार २४९ मतदाता थपिएका छन् । जसले गर्दा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको मत कति प्रतिशतको फरक पर्छ भन्न सकिँदैन । तर पनि वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा कम्तिमा ५ र बढीमा १५ प्रतिशत जति बढी मत प्राप्त गर्ने विश्लेषण गर्न सकिन्छ ।’ तर, लोकतान्त्रिक गठबन्धनको ठूलो शक्ति मानिएका राजपा र संसफो त्यहाँ नरहेको अवस्थामा वाम गठबन्धन निकै माथि पुग्ने देखिन्छ ।

रिपार्टमा दुवै गठबन्धन बनेको अवस्थामा एमालेले प्रत्यक्षतर्फ ६० ९ं–१००, समानुपातिक ३६ ९ं–५० गरी ९६ ९ं–१५०, काँग्रेसले ५० ९ं–१००, ३५ ९ं–५० गरी ८५ ९ं–१५० माओवादीले ३५ ९ं–७०, १६ ९ं–३० गरी ५१ ९ं–१०० फोरम र राजपाले १५ ९ं–५० ८ ९ं–३० गरी २३ ९ं–० प्राप्त गर्ने अनुमान गरेको देखिन्छ । तर गठबन्धनमा राजपा र फोरम छैनन् भने राप्रपा र राप्रपा प्रजातान्त्रिकले क्रमशः ६ र ४ सिट तथा लोकतान्त्रिक फोरमले ८ सिट प्राप्त गर्ने उल्लेख छ । अन्य दलले ५ सिट हात पार्न सक्ने अनुमान गरिएको छ ।
जनआस्थाबाट