भक्तपुर १० कार्तिक । नेकपा एमाले का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उहाँले बाम गठबन्धनबाट सरकार अतालिएर निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक संबृद्धिमा जाने लागेको बेला मतपत्रको बिवाद निकालेर निर्वाचन रोक्न नहुने बताउनुभयो ।
केही समयम अघि एन आर एन निर्वाचनका समयमा शेष घलेले ६ करोड एमालेलाई दिएको र त्यस मध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दिएको दुई करोड मिडियाको हल्ला मात्र भएको बताउनुभयो । आफू युवा संघको अध्यक्ष हुँदा देखि नै केही मिडिया कर्मीले आफ्नो खेदो खन्दै आएको र यो पनि यसैको परिणामा भएको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा ९एमाले० ले प्रतिनिधिसभा तर्फ भक्तपुर क्षेत्र नं। २ प्रदेशसभा तर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी गर्नुभयो । उहाँले मध्यपुर थिमीमा एमाले र कांग्रेसको कडा प्रतिसपर्धा हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्