Banner News

उपत्यकामा बामगठबन्धनमा कुरा मिल्यो, एमाले ११ , माओवादी ४ क्षेत्रमा



काठमाडौ,१२ कार्तिक । एमाले र माओवादीले काठमाडौं उपत्यकामा प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचन सीट टुँगो लगाएका छन् । प्रदेश र प्रतिनिधि सभा सबै गरेर उपत्यकाभित्रका ४५ सीट मध्ये एमालेले ३४ र माओवादीले ११ सीट पाउने सहमति भएको छ । कार्यदलले दिएको प्रतिबेदनलाई आज बसेको एमाले स्थायी समितिको बैठकले अनुमोदन गरेको छ।

कार्यदलका एक सदस्यका अनुसार, उपत्यकाका प्रतिनिधि सभातर्फ १५ सिटमध्ये माओवादीले ४ सिट पाउने भएको छ भने प्रदेशतर्फ ३० मध्ये ७ सीट पाउने छन् । काठमाडौंका अन्य ७ प्रतिनिधिसभा र १७ प्रदेशसभाका निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई माओवादीले समर्थन गर्नेछ । भक्तपुरमा माओवादीले प्रदेशसभामा एक सीट पाउनेछ भने दुवै प्रतिनिधिसभा र ३ प्रदेशसभाका सिटमा एमालेलाई सघाउनेछ ।

काठमाडौं जिल्लामा माओवादीले क्षेत्र नम्बर ६, ८ र १० पाउने भएको छ भने प्रदेशतर्फ क्षेत्र नम्बर ३, ६ र १० मा दुई मध्ये एकएक सीट माओवादीले पाउने छ ।
ललितपुरका तीन क्षेत्र मध्ये क्षेत्र नम्बर ३ माओवादीले पाउने भएको छ । प्रदेशसभातर्फ माओवादीले ललितपुरमा तीनै क्षेत्रबाट एकएक सिट पाउनेछ । एमालेले क्षेत्र नम्बर १ र २ प्रतिनिधिसभामा पाउनेछ भने प्रदेशमा तीनै क्षेत्रका एक एक सिट पाउने सहमति भएको छ । ललितपुरको प्रदेश क्षेत्र न।१ मा एमालेका तर्फबाट पुर्व डिआइजी नवराज सिलवाल चुनावी प्रतिस्पर्धामा छन् ।नेपाल पाटीबाट