Banner News

मधेशमा वाम गठबन्धनमा सहमति भएपछि अर्को गठबन्धनलाई धक्का



काठमाडौ,१३ कार्तिक। एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

त्यस अनुसार एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ भने माओवादी केन्द्रले प्रतिनिधिसभाका १५ र प्रदेशका २८ सिट पाएको छ । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । अन्यमा भने छलफल चलिरहेको छ ।

माओवादी नेता मातृका यादवका अनुसार, कार्यदलमा भएको सहमतिलाई दुबै दलको नेतृत्वले टुंगो लगाएको हो ।

वाम गठबन्धनले तीन सिट स्वतन्त्रलाई छाडेको छ । त्यसमा धनुषा क्षेत्र नम्बर ३, महोत्तरी २ र सर्लाही ३ रहेका छन् । धनुषा ३ बाट नेपाली कांग्रेसबाट पूर्वगृहमन्त्री विमलेन्द्र निधि उम्मेदवार बन्दैछन् ।