शैक्षिक

हरिगुरुः जो कहिले विचलित भएनन्–राजनीतिको लामो यात्रामा



नेपालको राजनितिमा लागेका व्यक्तिहरु मध्ये थोरै यस्ता नाम छन् जुन जनताले मनमा राखेका हुन्छन् । भक्तपुरमा पनि एक यस्ता राजनितिक आर्दश छन्, जसलाई सबैले ‘हरिगुरु’को नामले चिन्ने गरेका छन् । भक्तपुरको छालिङमा वि।स २०२४ साल फागुन ११ गते पिता हरिप्रसाद र माता देवमाया लामिछानेको कोखबाट जन्मेका हरिशरण लामिछाने, भक्तपुरको बामपन्थी आन्दोलनका एक हस्ती हुन् । तत्कालिन नेकपा मालेको भातृ संगठन अनेरास्ववियुबाट २०३९ सालमा सदस्यबाट सुरु भएको उनको राजनिति जिवन अहिले नेकपा एमालेको जिल्ला समन्वय कमिटिको सचिव छन् ।
आसन्न निर्वाचनमा लामिछाने प्रतिनिधी सभा निर्वाचन क्षेत्र १ को प्रदेशसभा अन्र्तगत चाँगुनारायण क्षेत्रबाट एमालेको उम्मेदवार रहेका छन् । सादा जिवन मनपराउने हरिगुरुको दैनिक विहानको खाना खाएपछि तेलकोट बाट सुरु हुन्छ । उनी मिलेसम्म कोही कसैसंग लिफ्ट मागरे र नभए सार्वजनिक यातायात चढेर पार्टी कार्यालय आउछन् । कुनैदिन कतै कार्यक्रम भएमा उनलाई समयमै पुग्न समस्या हुन्छ । किनभने सार्वजनिक यातायात त्यति भरपर्दौ हुदैन् । अर्कातर्फ लामिछानेको घर व्यवहार पूर्ण रुपमा जिवनसंगी निर्मंलाले धानेकी छिन भन्दा कुनै फरक पर्दैन् । झौखेलकी निर्मलासंग वि।स २०४० सालमा लगनगाठों कसेका हरिशरण जिवनमा घरपरिवार भन्दापनि समाजसेवा र राजनितिक जिवन प्यारो छ । उनीहरुका तीन जना छोरी र एक जना छोरा छन् ।
भक्तपुरमा आफ्नो पार्टीभित्र मात्र होइन अन्यपार्टीका नेता र कार्यकर्ता माझपनि हरिशरण लामिछाने एक आर्दश व्यक्तिको रुपमा चर्चित छन् । मिठो र नम्र बोली बोल्ने उनले जिन्दगीमा हालसम्म कुनै लाभको पद लिएका छैनन् । पार्टी जिवनमा साधारण सदस्यदेखि जिल्ला कमिटिको सचिवको जिम्मेवारी सम्म लिएका लामिछाने ‘एक प्रकार भन्नु पर्दा राजनितिमा अनुशासित व्यक्ती हुन्,’ उनलाई नजिकबाट चिन्नेहरुले यसो भन्छन् । पार्टी राजनिति बाहेका अन्य सामाजिक क्षेत्र र संस्थाहरुमा समेत उनको सक्रिय सहभागीता रहेको छ । सामुदायीक वन, रेडक्रस, मानवअधिकार एलाइन्स, गैर सरकारी संस्थाको जिल्ला नेतृत्वसम्म उनले लिएका छन् । पत्रकारिता क्षेत्रमा समेत केही समय लागेका लामिछाने २०४९ सालदेखि २०५५ सालसम्म विभिन्न साप्ताहिक पत्रिकामा आवद्ध रहेका थिए । प्रजातन्त्रको पूनस्थापनाको २०४६ सालको आन्दोलमा क्रममा घाइते समेत भएका लामिछाने विभिन्न समयमा गरेर १३ पटक राजनितिक कारणले गिरफतार भएको हामीलाई बताउछन् ।
उहीँ पुरानै कोट र ढाका टोपीमा भक्तपुरमा लामो राजनितिक यात्रा गरेर यहाँसम्म आएका ‘हरिगुरु’ कलाकारपनि हुन् उनले चलचित्र बलिदान अभिनय समेत गरेका छन् । हामीसंग कुरा गर्दै उनले भने ‘यो समाजिक चलचित्र हो जसले समाज परिर्वतन ठुलो भूमिका खेलेको छ । ’ समाज परिर्वत गर्छु भनेर राजनितिमा होमिएका उनलाई अहिले आफुसंगै हिड्ने कार्यकर्तालाई चिया खुवाउने पैसा समेत छैन् । तरपनि सच्चा र निष्ठाको राजनितिलाई अंगालेका हरिगुरुलाई एउटै विश्वास मनमा छ, यो पटक जनताले जिम्मेवारी दिनेछन् । पैसा हुनेले मात्र नेता बन्ने भन्ने राजनितिक कुंसस्कारलाई परास्त गर्दै हरिगुरु सेवाको राजनिति गर्न चाहान्छन् ।नया नेपालबाट