सम्पादकीय

उपत्यकामा मेट्रो रेलको डिपिआर बनाउने निर्णय



काठमाण्डौ २८ कार्तीक । लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं। १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन डिएफएस र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ । रुट नं। २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ । दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ ।नयापत्रीका बाट ।