Banner News

ओली र प्रचण्डको सभालाई लक्षित गरि बाग्लुङमा बम विस्फोट



काठमाडौ,३०कार्तिक। वाम गठवन्धनको संयुक्त चुनावी सभालाई लक्षित गरी बाग्लुङको गल्कोट नगरपालिका–३ हटियामा बम विस्फोट गराइएको छ । सभालाई आज एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो ।

ओली र प्रचण्ड आउने सभामा नै बम विस्फोट गराइए पछि बाग्लुङको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै रोल्पाको स्वर्णवती गाउँपालिका–१ बाद्रिवनमा पनि बम विस्फोट गराइएको छ । सिंचाई राज्य मन्त्री एवम् रोप्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

बम विस्फोट गराइएपनि कुनै भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पा प्रहरीका अनुसार राज्य मन्त्री पुनलाई लक्षित गरी सुतली बम विस्फोट गराइएको हो ।