मंसिर, २ भक्तपुर । एमाले नेता एवं भक्तपुर २ नं क्षेत्रको बाम गठबंधनका उम्मेदवार महेश बस्नेतले आज कटुञ्जेको घरदैलो कार्यक्रममा कटुञ्जेका मतदाताहरु संगको भेटमा चुनावको बेलामा कसैले बिदेशीको चाकडी गरेर ल्याएको कालो धन भक्तपुरका मतदातालाई बाँड्न आउन सक्छन साबधानिका साथ अपनाउनुहोस भने । उत्साहपूर्ण जनसहभागिताका साथ घरदैलौ अभियान सहभागी भएका बस्नेतले पैशा बाढे छ तपाईहरुले खोसेर निर्वाचन आयोगलाई बुझाउन तयार हुनुपर्दछ। काँक्रो चोरले अफू काँक्रो चोरेर खाने बियाँ अरुको मुखमा टासेर दोस लाएको जस्तो आज दमन नाथ एमालेले पैसा बाँडदैछ भनेर प्रोपोगाण्डा गर्दैछ।
दमननाथ भक्तपुरमा मतदाताबाट बाट बहिस्कृत भएपछि प्रोपोगन्डा बाट चुनाव जित्ने तयारीमा लागेका छन ।कहिले बामगठबंधन भक्तपुरमा टुट्यो भन्छन त कहिले नेमकिपाले सहयोग गर्दैछ भन्ने हल्ला गर्दैछन। यस्ता बिषयले कांग्रेस हारको मानसिकतामा छ ।एमालेको जित पक्का छ भन्ने बुजिन्छ।










प्रतिक्रिया दिनुहोस्