Banner News

झापामा ओली र दाहाल को सम्बोधन



काठमाडौं, २ मंसिर/ एमाले अध्यक्ष केपी शर्मा ओलीले नुवाकोटमा एम्बुस आक्रमणमा परेका कांग्रेस नेता रामशरण महतले आफूमाथिको आक्रमण बिपक्षीले गरेको भन्दै निराधार कुरा गरेको बताउनुभएको छ । निर्वाचन अभियानका क्रममा गृहजिल्ला झापा र मोरडका बिभिन्न चुनावीसभामा सहभागि हुन शनिवार बिहान बिराटनगर बिमानस्थल उत्रनु भएका ओलीले पत्रकारसँग कुरा गर्दै पीएचडी गरेका महतले झुटो बोलेको बताउनुभएको हो ।

‘हिजो नुवाकोटमा रामशरण महतमाथि आक्रमण भयो, यस्तो सांघातिक आक्रमणकारीप्रति सरकार मौन छ’ ओलीको भनाई थियो, ‘तर, महतजीले विपक्षी उम्मेदवारले आक्रमण गरेको भनेर निराधार कुरा गर्नुभयो । उहाँले पढेरै पीएचडी गरेको होला, पढेको मान्छेले यति निराधार कुरा गर्नुहुन्छ जस्तो लागेको थिएन ।’

वाम उम्मेदवार र नेता हरुमाथि आक्रमण भएकामा चुपचाप रहेको सरकारले आफूमाथि आक्रमण हुँदा विपक्षीलाई दोष लगाउनु शंकास्पद भएको ओलीको भनाई थियो । ‘आक्रमण किन रोकिएको छैन रु सरकार किन चुपाचाप छ रु यत्रो आक्रमणका घटना भएका बेला प्रधानमन्त्री केही नभएझैं शान्ति सुरक्षा ठीक छ भन्नुहुन्छ’ ओलीले भन्नुभयो, ‘वामपन्थी नेता र उम्मेदवारमाथि आक्रमण हुँदा आक्रमणकारीप्रति नरम नीति लिने र आफ्नामाथि पनि आक्रमण गरेपछि विपक्षी उम्मेदवारमाथि दोष लगाउने काम शंकास्पद छ ।’

ओलीले आतंकपूर्ण आक्रमणहरुप्रति नरम नीति लिएर सत्तारुढ कांग्रेसले चुनावी प्रतिस्पर्धाबाट आधिनायकवाद आउने हल्ला चलाइरहेको ओलीको भनाई थियो । ‘अधिनायकबादको अभिव्यक्ति पराजयतको त्रास र हतासाको अभिव्यक्ति हो’ ओलीले भन्नुभयो, ‘वामपन्थीले जितेपछि लोकतान्त्र सदृढ हुन्छ, लुटतन्त्र चाहिँ खतरामा पर्छ ।’

ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज बिर्तामोडमा अस्पतालको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । अस्पताल उद्घाटनपछि ओलीको गृहनगर दमकमा आयोजित चुनावी सभालाई संयुक्त सम्वोधन गर्ने कार्यक्रम छ । शनिवार दमकमै बसेर ओली र दाहालले आइतबार बिराटचोकमा आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।