Banner News

प्रकाश दाहालको अन्त्येष्टी , प्रचण्डले दिए दागवत्ती



काठमाडौ ३कार्तिक । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको अन्तेष्टि भएको छ । प्रचण्डले छोरा प्रकाशको अन्त्यष्टीमा दागवत्ती दिएका थिए । माला लगाएर श्रद्धान्जली दिएपछि उनले दागवत्ति दिएका हुन् । उनले सम्हालिदै आर्यघाटमा भेला भएका सर्वसाधारणई हात उठाएर सान्तवना मागेका थिए । यसअघि नर्भिक अस्पतालबाट अन्तिम श्रद्धान्जलीका लागि उनको पार्थिव शरि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।

पेरिसडाँडामा नेपाली कांग्रेस, नेकपाएमाले, माओवादी केन्द्रलगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए। प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा९क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेता तथा मन्त्री जनार्दन शर्मा, मन्त्री कृष्णबहादुर महरालगायत सबै नेता पेरिसडाँडा पुगेका थिए।
प्रकाशको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५स्५९ मिनेटमा मृत घोषणा गरेका थिए ।