सम्पादकीय

निर्वाचनपछि पार्टी एकीकरण : ओली



रूपन्देही १२ मसीर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए । उनले दुवै पार्टीबीचको एकता कसैले भाँड्न नसक्ने दाबी गरे ।

पार्टी एकताकै लागि निर्वाचनमा गठबन्धन भएकाले अब एकता भाँड्ने षड्यन्त्र नगर्न चेतावनी दिए । नेपाली जनताले राजनीतिक स्थायित्व र विकास चाहेको भन्दै त्यसका लागि दुई पार्टीबीच एकता जरुरी रहेको बताए । ‘हामी जनताले कसरी सहज रूपमा सेवा सुविधा पाउँछन् भन्नेतर्फ केन्द्रित छौं,’ उनले भने, ‘त्यसका लागि भारी बहुमतसहितको स्थायी सरकार बनाउनुपर्छ ।’

समावेशी सहभागितामूलक ढंगले जनतालाई चाहिने सेवासुविधा प्रदान गर्ने ओलीको प्रतिबद्वता थियो । सोमबार रूपन्देही रुद्रपुरस्थित हरैयामा भएको आमसभालाई सम्बोधन गर्दै नेता ओलीले भने, ‘एमालेको अल्पमत सरकारले आफ्नो गाउँ आफै बनाऔं, वृद्धभत्तालगायत लोकप्रिय कार्यक्रम ल्यायो, कांग्रेसको बहुमतको सरकारले के काम ग¥यो रु’ विश्व शान्तिको मुहानलाई केही व्यक्तिले मागीखाने भाँडाका रूपमा प्रयोग गरेकोे भन्दै अब लुम्बिनीको विकास अन्तर्राष्ट्रिय चासोको विषय बनेको बताए ।

लुम्बिनीलाई दक्षिण भारतीय सीमा र उत्तर हाइवेसम्म विस्तार गरेर यस क्षेत्रको कायापलट गर्ने उल्लेख गरे । लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा रहेकाले यस क्षेत्रको संमृद्धि धेरै टाढा नरहेको बताए ।

रोजगारीका अवसरहरू सिर्जना गर्नेमा विश्वस्त हुन आग्रह गर्दै उनले कृषिको आधुनिकीकरण, व्यापारीकरण, पर्यटन, होटल, यातायात सबै क्षेत्रमा विकास गर्ने र त्यसबाट युवाहरूले रोजगार पाउने विश्वास दिलाए । हरेक प्रदेशमा विश्वविद्यालय र मेडिकल कलेज स्थापना गर्ने योजना रहेको बताउँदै उनले भने, ‘यस्ता कुरा गर्दा केही व्यक्तिहरू मूच्र्छा पर्छन् ।’

सो अवसरमा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले नेपालमा अब छिट्टै विभाजित कम्युनिस्टहरूको एकता हुन लागेको भन्दै यो घटना नेपालको इतिहासमा ठूलो घटना हुने बताए । उनले वाम एकता देखेर देशीविदेशी शक्तिहरू आत्तिएको विश्लेषण गरे । गणतन्त्र आए पनि लाखौ युवाहरू विदेशको मरुभूमिमा पसिना बगाउनुपर्ने अवस्था रहेको भन्दै अवको विकास समृद्धिबाट नै संभव भएको बताए ।

रूपन्देही–५ का प्रतिनिधिसभातर्फ वाम गठबन्धन उम्मेदवार डिलाराम आचार्यले जमाना बदिलिएको भन्दै अबको जित वामकै जित भएको धारणा व्यक्त गरे । एमाले प्रदेश ५ सचिव तथा रूपन्देही–५ ‘क’का उमदेवार भूमिश्वर ढकालले वाम गठबन्धको जितबाट समग्र देशको विकास हुने दाबी गरे ।राजधानी मा समाचार छ ।