Banner News

‘५० वर्ष निरन्तर वामपन्थी सरकार: योगेश भट्टराई



तेह्रथुम १४ मसीर । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म निरन्तर वामपन्थीले सरकार चलाउने दाबी गरेका छन् । वामपन्थीहरूको प्रतिपक्षमा बस्ने पालो सकिएको बताउँदै सचिव भट्टराईले अब प्रतिपक्षमा बस्ने पालो कांग्रेसको आएको बताए । तेह्रथुमको म्याङलुङमा बुधबार वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले नेपालमा कांग्रेसले शासन गर्ने दिन आगामी २१ मंसिरपछि सकिने दाबी गरे । वामपन्थीहरू एकजुट भएकाले अब नेपाली जनता र नेपालको समृद्धिको दिन सुरु भएको उनको भनाइ थियो । नेपालमा कम्युनिस्ट सरकार आपछि देशको विकासले गति लिने भट्टराई बताए ।

सभामा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक आङबुहाङ, तेह्रथुमबाट प्रतिनिधिसभाका उम्मेदवार भवानीप्रसाद खापुङ, प्रदेशसभा क’का उमेदवार लक्ष्मण तिवारी, ‘ख’का उम्मेदवार तेजमान कन्दङ्वा, समानुपातिक उम्मेदवार अनुभूति बम नेपालीलगायतले वाम गठबन्धन सरकारको आवश्यकतामा जोड दिए ।राधानीमा समाचार छ ।