Banner News

निर्वाचन तयारी पूरा



काठमाण्डौ २० मसीर । निर्वाचन आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।प्रमुख आयुक्त डा। अयोधिप्रसाद यादवले दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको बताएका हुन् ।

‘४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरेकोे छ, मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेको अवस्था छ, कर्मचारीहरू मतदान स्थलको निर्माण गर्ने भित्री तयारीमा हुनुन्छ,’ प्रमुख आयुक्त यादवले राजधानीसँग भने ।बिहीबार कुल १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभामध्ये ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभाका लागि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।जसमा प्रतिनिधिसभाको १ सय २८ सिटका लागि १ हजार ६ सय ६३ जना उम्मेदवार चुनावी मैदानमा छन् भने प्रदेशसभाको २ सय ५६ सिटका लागि २ हजार ८ सय १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभाको निर्वाचनका लागि १ हजार ५ सय ३३ पुरुष उम्मेदवार छन् भने १ सय ३० जना महिला उम्मेदवार मैदानमा छन् । यस्तै प्रदेशसभाका लागि २ हजार ५ सय ९९ जना पुरुष उम्मेदवार मैदानमा उत्रिएका छन् भने २ सय २० महिला उम्मेदवार मैदानमा छन् ।

पुरुष उम्मेदवार ४ हजार १ सय ३२ र ३ सय ५० महिला उम्मेदवार दोस्रो चरणको निर्वाचनका लागि चुनावी मैदानमा रहेको आयोगले बताएको हो । आयोगका अनुसार दोस्रो चरणको निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी परिचालन भएका छन् भने १ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित छन् । जसमा ६० हजार नेपाली सेना छन् ।राजधानी मा समाचार छ ।