Banner News

समानुपातिको मतपरिणाम यस्तो छ



काठमाडौं २३ मसीर । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अर्थात प्रत्यक्षतर्फको मतगणना सकिएका कतिपय स्थानमा समानुपातिकतर्फको मतगणना थालिएको निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये आधाजसोमा समानुपातिकको गणना थालिएको आयोगका प्रवक्ता नवराज ढकालले बीबीसीलाई बताए।

ती जिल्लाका ३० भन्दा बढी स्थानमा समानुपातिकको मतगणना भइरहँदा नेपाली कांग्रेस अगाडि देखिएको प्रारम्भिक विवरण निर्वाचन आयोगले दिएको छ।