Banner News

चितवन–३ मा नौ हजार ३ सय ४१ मत बढी ल्याइ पुष्पकमल दाहाल विजयी



चितवन २५ मसीर । चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका राप्रपा प्रजातान्त्रिक उम्मेदवार विक्रम पाण्डेभन्दा ९३४१ मत बढी ल्याइ विजयी भयका हुन ।

कायाकैरन सहकर्मी विप्लव काफ्लेले चितवन मावि मतगणनास्थलबाट दिएको जानकारी अनुसार विक्रम पाण्डेको ३८९३५ आउँदा दाहालको ४८२७६ मत आएको छ ।,