राजनीति

भक्तपुरको चाँगुमा एमालेलाई अर्को सफलताः नेमकिपाको गढ भत्किदै



भक्तपुर,२५ मंसिर । भक्तपुर नेमकिपाको गढको रुपमा परिचित थियो । त्यो परिचय बदलिएको छ । स्थानीय निकायको निर्वाचनबाट एमाले जिल्लाकै पहिलो शक्ति भएको यस पटको निर्वानमा एमालेले नेमकिपालाई कमजोर मात्रै पारिेदिएको छ ।
नेमकिपा अब भक्तपुरको नगरमा मात्रै देखिएको छ । चाँगुनारायण क्षेत्र यस अघि नेमकिपाको आधार क्षेत्रको रुपमा हेरिदै आएको थियो ।
एमालेले स्थानीय निकायमा जितेको यस क्षेत्र अहिले पनि एमालेको पोल्टामा परेको छ । नेमकिपाको कमजोर उपस्थिति देखियो । उद्यपी नेमकिपाका उम्मेदवार
प्रेम सुवालले यस पटक नारायणमान् विजुक्छेको विरासत जोगाएका छन् ।

यसो भनु, सुवाल पार्टी अध्यक्ष विजुक्छेको विरासत जोगाउन सफल भएका छन् । उनी १५ हजार बढी मतान्तरले विजयी भएका छन् । सुवालले ३३ हजार ०७६ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत पाएका छन् ।वाम गठबन्धनका साझा उम्मेदवगार माओवादीका मिलन सुवालले १५ हजार ३७४ मत पाएका छन् ।

भक्तपुर क्षेत्र नं १ मा जम्मा खसेको मतमा १ हजार ७ सय ३ मत बदर भएको छ । यस्तै क्षेत्र नं १ को प्रदेश ‘क’ मा बाम गठबन्धनका शरिशरण लामिछाने र ‘ख’ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईले विजयी भएका छन् । लामिछानेले आफना प्रतिद्धन्द्धी कांग्रेसका जीवन खत्रीलाई पराजित गरेका छन् ।लामिछानेले १२ हजार ७ सय ८९ मत पाए भनेर खत्रीले ९ हजार ९ सय ७७ मतमा चित्त बुझाएका छन् ।यस्तै प्रदेश ‘ख’ मा गोसाईले २३ हजार ८ सय ८५ मत ल्याएर जीत हासिल गरेको मुख्य निर्वाचन अधिकृत शर्माले बताए । भक्तपुर क्षेत्र नं २ मा बामगठबन्धनका महेश बस्नेतले प्रतिनिधि तथा शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठले प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।