सम्पादकीय

रानीपोखरीमा राजनीति



काठमाण्डौ १२ पुष । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ मंगलबार बिहान १० बजे नै पुनर्निर्माण भइरहेको रानीपोखरी परिसर पुगिन् । रानीपोखरीको रूप नै बिग्रिने गरी पुनर्निर्माणको काम भइरहेको कुरा बल्ल आपूmले थाहा पाएको भन्दै उनले तत्काल सबै काम रोक्न महानगरपालिकाका इन्जिनियरलगायत कर्मचारी तथा कामदारहरूलाई निर्देशन दिइन् र सुन्धारास्थित आप्mनै कार्यालय फिर्ता भइन् । सोही स्थानमा दिउँसो फेरि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य दलबलसहित पुगे । उनी रानीपोखरी पुग्दा जमलतर्पmको ढोकामा तालाबन्दी गरिएको थियो ।

तालाबन्दी गर्नेको नाम ‘सम्पदाप्रेमी काठमाडौंवासी’ लेखिएको थियो । प्रमुख शाक्यले तालाबन्दी खुलाउन वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीलाई फोन गरेर बोलाए । वडा अध्यक्ष खड्गी पनि तुरुन्तै रानीपोखरी परिसरमा आइपुगे । तर उनले सहमतिबेगर तत्काल तालाबन्दी खोल्न नसकिने बताएपछि प्रमुख शाक्यको निर्देशनमा तालाबन्दी काटियो । तालाबन्दी तोडेर भित्र छिरेपछि करिब दुई घण्टासम्म शाक्यले पुनर्निर्माण कार्यको अवलोकन गरे ।

रानीपोखरी पुनर्निर्माणको विषयमा शाक्य र खड्गीबीचको विवाद हाल सतहमै देखिएको छ । शाक्य नेकपा एमालेबाट प्रमुखमा निर्वाचित भएका हुन् भने खड्गी नेपाली कांग्रेसबाट । महानगरपालिकाबाट गरिने कार्यसम्पादनमा दुईबीच सहकार्य नरहेको देखिएको छ । शाक्य र खड्गीबीच बेलाबखत औपचारिक कार्यक्रमबाहेक एकै स्थानमा भेटघाट समेत हुन सकेको छैन । शाक्य बढीजसो समय राष्ट्रिय सभास्थित महानगरपालिकाको कार्यालयमै बस्छन् भने खड्गी सुन्धारास्थित कार्यालयमा बस्ने गरेकी छन् ।

मंगलबार रानीपोखरी पुनर्निर्माणको अवलोकनकै लागि पनि शाक्य र खड्गी आआप्mनै टोलीसहित अलगअलग समयमा रानीपोखरी परिसर पुगेका थिए ।

उपप्रमुख खड्गीले आपूmसँग कुनै सल्लाह नै नगरी प्रमुख शाक्यले काम गर्ने गरेको बताएकी छन् । सम्पदा नाश हुने गरी रानीपोखरी पुननिर्माण भइरहेको थाहा पाएपछि झसंग भएको उनले बताइन् । उनका अनुसार रानीपोखरी पुनर्निर्माणमा सिमेन्ट र रड प्रयोग गरिएको छ ।

‘जब म पुरातŒवविद्हरूसँग बसे, कुराकानी हुँदा गलत काम भइरहेको थाहा भयो,’ राजधानीसँग खड्गीले भनिन्, ‘त्यसपछि मैले तत्काल सबै काम रोक्न निर्देशन दिएकी हुँ तर तालाबन्दी नै गरेकी होइन ।’ उनले महानगरपालिकाबाट हुने महŒवपूर्ण काममा पनि आपूmलाई सहभागी नगराउने गरिएको बताइन् ।

यसबारे बुभ्mने उद्देश्यले शाक्यलाई पटकपटक फोन गर्दा पनि उनले फोन उठाएनन् । महानगरपालिका प्रमुखमा निर्वाचित हुनासाथ महानगरवासीको गुनासो, सल्लाह र सुझाव लिन शाक्यले सबै जनप्रतिनिधिका लागि अलगअलग मोबाइल नम्बरको व्यवस्था गरेका थिए ।

राजधानीले यसअघि पनि फोन गर्दा शाक्यले उठाएका थिएनन् । तर, खड्गीले भने सहज रूपमा फोन उठाइन् र आप्mना कुरा सुनाइन् । महानगरपालिकाका एक कर्मचारीका अनुसार शाक्य प्रस्ट देखिने गरी नै खड्गीप्रति पूर्वाग्रही हुँदै आएका छन् । उनले कांग्रेसबाट निर्वाचित उपप्रमुखलाई बेवास्ता गर्दै आएको बताइन्छ । खड्गीले पटकपटक उपप्रमुखको हैसियतले आप्mनो अधिकार माग गर्दै आएकी छन् । तर शाक्यले कानुनले उपप्रमुखको अधिकार प्रस्ट पार्न बाँकी रहेको जवाफ दिँदै आएका छन् ।कानुनअनुसार महानगरपालिकाले वार्षिक बजेट तथा कार्यक्रम तयार पार्दा उपप्रमुखको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गर्नुपर्ने हुन्छ ।

महानगरपालिकाका ती कर्मचारीका अनुसार शाक्यले खड्गीलाई बेवास्ता गर्दै राजस्व परामर्श समिति नै गठन गरेनन् । रानीपोखरी पुनर्निर्माण कार्य प्राविधिक विषय भए पनि हाल यसले राजनीतिक रूप लिएको छ । प्रमुख र उपप्रमुखबीच सुरुदेखि नै रहँदै आएको मनमुटाव हाल बढेर गएको छ । यसले रानीपोखरी पुनर्निर्माण कार्य भने प्रभावित हुने देखिएको छ ।राजधानीमा समाचार छ ।