Banner News

माओवादी र एमालेवीचको पार्टी एकतालाई कसैले बिथोल्न सक्दैनः ओली



काठमाडौ१५ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब कसैले कसैलाई तँ यति वर्ष सरकार चला भनेर भन्ने दिन सकिएको बताएका छन् ।एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै शनिबार राष्ट्रियसभा गृहमा ओलीले भने– ‘वामपन्थीहरुलाई जनताले जिताईसकेपछि हाम्रो सभ्य र दिगो सरकार बन्छ । विकास निर्माणका कार्यले धेरै अग्रता लिन्छ । कसैले क्याङक्याङ कुङकुङ गरेर रोकिनेवाला छैन । अब नेपाल अगाडि बढ्छ बढ्छ ।’

अहिले पनि वाम गठबन्धनलाई बिथोल्न र अस्थिरता निम्त्याउन धेरै प्रयास भइरहेको भए पनि अब कसैको केही नलाग्ने र वाम गठबन्धनको सरकार बनेरै छाड्ने ओलीले बताए । माओवादी र एमालेवीचको पार्टी एकतालाई कसैले बिथोल्न नसक्ने ओलीले बताए ।

उनले वामपन्थीले स्पष्ट बहुमत प्राप्त गरेकाले अव लामो समय सरकार पनि वामपन्थीले चलाउने बताएका छन् । अध्यक्ष ओलीले बाहिरी रुपमा वामपन्थीहरु लोकतन्त्रवादी पार्टी होईनन् भनेर भईरहेका खाससुस टिप्पणीलाई केन्द्रित गर्दै भने –‘हामीले लोकतन्त्रको लडाँई लामो समयदेखि गर्दै आएकाले आज लोकतन्त्र प्राप्त भएको छ । यदि हामीले नलडेका भए ,कसरी जनताले तानशाही प्रवृत्तिबाट छुटकारा पाउँथे रु अस्थिरतातर्फ लान खोज्ने शक्तिहरु नै हुन् ,हामीलाई लोकतान्त्रिक पार्टी होईनन् भन्ने । अब तिनका प्रयासहरु पूर्ण रुपमा असफल हुन्छन, म साथीहरुलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु ।’

उनले एमाले उपाध्यक्ष वामदेव गौतमले सहि समयमा अग्रगामी कार्यक्रम र आर्थिक नीति निर्माणमा काम लाग्ने पुस्तक प्रकाशन गरेकोमा पनि धन्यवाद दिए ।