सम्पादकीय

पार्टी एकता थप गृहकार्यपछि : दाहाल



काठमाडौँ १९ पुष । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकीकरणमा सैद्धान्तिक र वैचारिक समस्या नरहेको उल्लेख गर्दै संगठन व्यवस्थापनमा भने केही गृहकार्य आवश्यक रहेको बताएका छन् ।

माओवादी केन्द्रीय कार्यालयको मंगलबारको बैठकमा पार्टी एकता र अहिलेको राजनीतिक अवस्थाबारे जानकारी दिँदै दाहालले एकता प्रक्रियाका लागि शीर्ष नेतृत्वमा छलफल भइरहेको उल्लेख गरे ।

छलफलमा आएका एकताका विकल्पबारे भने उनले स्पष्ट जानकारी बैठकलाई दिएनन् । उनले एमाले अध्यक्ष केपी ओलीसँग भेटी एकता संयोजन समितिको बैठकबाट मात्र एकतासम्बन्धी विकल्पको ठोस खाका आउने उल्लेख गरे । ओली अस्वस्थ भएकाले केही दिनयता उनीसँग छलफल नभएको तर बुधबारबाटै कुराकानी अघिबढ्ने जानकारी पनि दाहालले बैठकमा दिए ।

माओवादीभित्र एमालेसँग एकता गर्दा अध्यक्ष पद आफूले लिनुपर्ने दबाब छ । माओवादीको यसअघिको बैठकले सम्मानजनक एकता हुनुपर्ने निर्णय गरेको थियो । एकता प्रक्रियामा जाँदा मुख्य नेताहरूको पदीय व्यवस्थापनलाई विशेष ख्याल गर्ने उल्लेख थियो । सिद्धान्तका सम्बन्धमा एमालेले ‘जनताको बहुदलीय जनवाद ९जबज० र माओवादीले ‘माओवाद’ मान्दै आएका छन् । तर, दुवै पार्टीका यसअघिका महाधिवेशनले तयार गरेका दस्तावेजमा वैचारिक निकटता छ । त्यसैले सिद्धान्त र विचारले एकता प्रक्रियामा अडन नआउने दाहाललगायत नेताको बुझाइ छ । बैठकमा पनि दाहालले संगठन व्यवस्थापनको गृहकार्यलाई बढ्ता जोड दिएका हुन् ।कान्तीपुरमा समाचार छ ।