Banner News

सरकारले तोक्योःरााष्ट्रिय सभाको चुनाव माघ २४ गते



काठमाडौ २४ पुस । सरकारले राष्ट्रिय सभा गठनका लागि चुनावको मिति तय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

बालुवाटारमा शुक्रबार बसेको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको बाणिज्य मन्त्री मिन विश्वकर्माले जानकारी दिए । यसअघि निर्वाचान आयोगले माघ २५ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । निर्वाचन आयोग र सरकारले भनेको प्रक्रियमा गए अब सरकार बन्न कम्तिमा पनि फागुनको दोस्रो हप्ता लाग्नेछ ।

बैठकले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एकरएक वर्ष थप गरेको विश्वकर्माले जानकारी दिए ।
बैठकले प्रदेश प्रमुख र प्रादेशिक अस्थायी राजधानीबारे कुनै निर्णय गरेको छैन ।