भक्तपुर २२ पुस । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले निर्वाचन भएको एक महिना वित्न लाग्दा पनि कांग्रेसलाई सत्ता छाड्न निकै गाह्रो भएको बताउँनु भयो । उक्त भनाईसूर्यविनायक नगरपालिका ९ एमाले वडा कमिटीले आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा नेता बस्नेतले राख्नु भएको हो ।
कुकुरले बरु हड्ी सजिलै छोड्ला कांग्रेसलाई सत्ता छोड्न गाह्रो भएको व्यवहारमा देखिएको छ । यो रबैया सिगो लोकतन्त्रमाथिको प्रहार हो भन्दै नेता बस्नेतले निर्वाचन आयोग प्रमेख सर्वोच्च अदालतले प्रधानमन्त्री शेर वहादुर देउवाका दुईटा कार्यकर्ताको जस्तो र्भूमिका निर्वाह गदैृ आएका छन् ।
चार –पाँच बर्ष अघि सम्म भक्तपुरमा एमालेले चुनाव जित्ने कुरा गर्दा मान्छेहरु हाँसेर उडाउँथिए भन्दै बस्नेतले भन्नुभयो– यस पटक एमालेले जहाँ –जहाँ उम्मेदवारी दियो ती सबै ठाउँमा जित्यो । त्यो पनि डबल मतान्तरका साथ । अब भक्तपुर नगर , र१ नंम्बर प्रतिनिधि सभा मात्रै वाँकी छ । त्यो पनि अर्को चुनावमा एमालेले नै जित्छ ।
र ,,अब हामीले भक्तपुर जिल्लालाई भष्टाचार मुक्त जिल्लाका रुपमा यसको परिचय बदल्नु पर्छ भन्दै नेता बस्नेतले भन्नु भयो– जिल्लालाई भष्टाचार मुक्त जिल्ला बनाउन आफूले पहल शूरु गरिसकेको बताउँदै यो अभियानमा सबैकोे साथ लिएर अघि बढ्ने र जिल्लालाई भष्टाचार मुक्त जिल्ला बनाउने हो ।
हामीले जिल्लालाई भष्टाचार मुक्त जिल्ला बनाउने हो भने सिगो जिल्ला संमृद्धिको बाटो तर्फ अघि त बढ् छ नै, त्यो संग जिल्ला विकास निर्माणका हिसाबले पनि फड्को मार्ने छ । सो कार्यक्रममा प्रदेशसभा सदस्य शशिजङ थापाले पनि जिल्लाको विकास निर्माणको सवालमा आफ्ना कुराहरु राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्