Banner News

राष्ट्रपतिको प्रधानमन्त्रीलाई अस्थायी मुकाम तोक्न सुझाव



काठमाडौ, २४ पुस । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् ।

वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो ।

त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पनि सरोकारवाला पक्षसँग परामर्श गरेर अस्थायी मुकाम तोकेर अघि बढ्न राम्रो हुने सुझाव दिएको स्वीकार गरे ।