Banner News

आफै नयाँ सरकार बनाएर सिंहदरबारबाटै सरकार सञ्चालन गर्छौः गौतम



भक्तपुर,२ माघ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन् । समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए । उनले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राखे ।

नेता गौतमले भने नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संविधानसभा बैठक बोलाउँछ, बैठक बस्छ, आफैं नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार सञ्चालन गर्छौ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरलाई ३ नंबर प्रदेशको राजधानी बन्नेमा कसैले नरोक्ने बताए । नेकपा माओवादी केन्द्र का सचिवालय सदस्य दीलिप प्रजापतिले नयाँ कम्युनिष्ट पार्टी निर्माणसँगै देशको विकास निर्माणले तीव्रता लिने चर्चा गरे ।

कार्यक्रममा समय समाज प्रकाशन प्रालिले पत्रकारितामा योगदान पुर्याएवापत अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता गोपीकृष्ण ढुङ्गानालाई रु दुई हजार ५०० सहित सम्मान गरियो । त्यसैगरी नियमितरुपमा कथा लेखेर योगदान पु¥याएवापत पत्रकार एवं साहित्यकार रमेश गिरी, प्रकाशकुमार कार्की र शंकरबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो । रातोपाटी