Banner News

सडक बन्द गरेर होइन, भोलीबाट सडक निर्माण गरेर प्रदेश आन्दोलन जारी राख्छौः बस्नेत



भक्तपुर, ७ माघ। नेकपा एमालेका युवा नेता तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका सांसद महेश वस्नेतले भक्तपुरलाई प्रदेशको राजधानी बनाउँनु पर्छ भन्दै आएका जिल्लाका कांग्रेस अहिले कहाँ भन्ने प्रश्न गरे ।

सूर्यविनायक ९ नंखेल स्वाथ्य चौकीको कार्यक्रममा नेता बस्नेतले प्रदेशको आन्दोलन नरोकिने,तर आन्दोलनको स्वरुप फरक हुने वताउँदै अब सडक बन्द गरेर होइन,सडक निर्माण गरेर भोलीबाट प्रदेश राजधानीको आन्दोलन जारी राख्छौ । उनले भोली १ बजे सानो ठिमी बाटो निर्माणको शिलान्यास गरेर प्रदेश आन्दोलन जारी राख्ने वताए ।

नेता बस्नेतले कमल थापाको सक्किएको राजनीति बचाउनको लागि १५ मिनेटमा ३ नं प्रदेशको राजधानीलाई हेटौडामा सारिएको बताएका छन् ।

आज प्रदेश नं ३ को राजधानी भक्तपुर नै हुनुपर्ने भन्दै भक्तपुरको सानो ठिमीमा भएको सडक आन्दोलनको क्रममा वस्नेतले भने भक्तपुरको सानो ठिमी बातावरणीय, खुल्ला क्षेत्रको हिसावले, हरियालीको हिसावले तथा भौगालिकताको हिसावले मिनि सिंहदरवारको रुपमा रहेको र यसलाई सहि तरिकाले सदुपयोग गरेमा राज्यको अरबौं रकम विकासको लागि खर्चिन पाउने ठाउँलाई उपेक्षा गर्दै सरकारले मनोमानी रुपमा हेटौंडा जस्तो एकलौटि ठाउँमा प्रदेश नं ३ को राजधानी घोषणा गर्नु दुर्भाग्य हुने बताएका छन् ।

सांसद वस्नेतले भने भक्तपुरको सानो ठिमी स्थित रहेको शिक्षा विभागको कार्यालय जहाँ १२१ बटा कोठाहरु रहेका छन् भने २५० रोपनी जग्गा रहेको छ । जसले गर्दा अहिलेको प्रादेशीक सरकार चलाउन आवश्यक पर्ने भौतिक संरचना तयारी अवस्थामा रहेको छ ।

प्रदेशको सम्पूर्ण कार्यालयहरु सञ्चालन गर्न शिक्षा विभाग नै काफि रहेको र यसबाट नेपाल सरकारको अरबैं रुपैया जोगिने छ । कृषि विकासको तालिम केन्द्रलाई प्रदेश सभा बनाउन उपयुक्त ठाउँ रहेको आम भक्तपुर वासीले मात्र भनेको नभई स्वयम् नेपाल सरकारको प्राविधिक टोलिले समेत आफ्नो प्रतिवेदमा स्पष्ट रुपमा नै जनाएको बताएका छन् ।