Banner News

राष्ट्रियसभामा माओवादीले आफ्ना १४ जना उम्मेदवार टुंगो लगायो



काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि आफ्ना १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारयणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच भएको बैठकले सातवटै प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको हो । यसअघि माओवादी सचिवालयको बैठकले तीन नेतालाई उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी दिएको थियो ।

माओवादीबाट राष्ट्रिय सभाका उम्मेद्वारहरु

प्रदेश नं. १
१. बीना पोखरेल महिला

प्रदेश नं. २
२. शशिकला दाहाल महिला
३. टुङ्गो लगाउन बाँकी

प्रदेश नं ३
४. रामबहादुर थापा ‘बादल’ खुला
५. गंगा पराजुली महिला

प्रदेश नं ४
६ .दीनानाथ शर्मा खुल्ला
७. खीमकुमार बिक दलित

प्रदेश नं. ५
८. राजकुमार कुंवर अल्पसंख्यक
९. चन्द्रबहादुर खड्का खुला

प्रदेश नं. ६
१०. जीवन बुढा अपाङ्ग,अल्पसंख्यक
११. युटुल लामा महिला
१२. कालीबहादुर मल्ल खुल्ला

प्रदेश नं. ७
१३ .लालिराम लोहार दलित
१४. हरिराम चौधरी खुला