भक्तपुर,१५ माघ ।प्रतिनिधि सभाका सदस्य एव नेकपा एमालेका युवा नेता महेश बस्नेतले शिक्षाको क्षेत्रमा जनताको गुनासो ज्यादै न्यून आउने गरेको छ । गुनासो ज्यादै न्यून आउने गरेकाले पनि हाम्रो देशले शिक्षामा फड्को मार्न नसकेको वताए ।
नेता बस्नेतले हाम्रो देशको शिक्षाको क्षेत्र शान्त तलाउ जस्तो भएको भन्दै जव जनताको गम्भीर चासो र सरोकोको विषय शिक्षाले लिदैन, तब सम्म हामीले शिक्षाको क्षेत्रलाई अघि बढाउन नसक्ने जिकीर नेता बस्नेतले गरे ।
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको विद्यालय शिक्षाको गुणस्तर सुधारमा सरोकारवालाको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै नेता बस्नेतले भने–अब भक्तपुरलाई शैक्षिक साक्षर जिल्ला होइन,शिक्षित जिल्ला बनाउने पर्नेमा हामी सबै लाग्नु पर्छ भने । कार्यक्रमा प्रदेश सभासद शशिजङ थापाले हामीले शिक्षा क्षेत्रको विकास गर्ने हो भने, परम्परागत शैलीबाट होइन, नयाँ शैली सोचबाट अघि बढ्नु पर्ने वताए ।
उनले विद्यार्थी विहीन शिक्षक नगरपालिकाले पाल्न नसक्ने वताउँदै अब विद्यालय मर्जको प्रक्रियामा बढ्नु पर्ने वताए । शिक्षाविद डा विद्यानाथ कोइराला र अर्का शिक्षाविद् डा खगेन्द्र ओझाले विद्यालय शिक्षाको गुणस्तर सुधारका वारेमा आ –आफ्ना धारणाहरु राखेका थिए ।
संविता दंगालले सूर्यविनायक वर्तमान शैक्षिक अवस्था चुनौति र अवसरका बारेमा वताउँनु भएको थियो । कार्यक्रम नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने संचालन प्रशासकीय अधिकृत चिरन्जिवी तिमिल्सिना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्