भक्तपुर,१८ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले नगरपालिका भित्र भूकम्पपछि निर्माण भएका घरहरु भूकम्प प्रतिरोधी निर्माण हुने वताए । भूकम्पीय आवस पुननिर्माण आयोजनाले आज सूर्यविनायक नगरपालिका मा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वताएका हुन् । मेयर थापाले हाम्रो जस्तो भूगोल भएको देशमा जुनसुकै समयमा पनि भूकम्प आउने भएकाले अब निर्माण हुने घरहरु भूकम्प प्रतिरोधी हुनै पर्न वताए । नगरपालिकामा भूकम्प सम्बन्धी काम गर्ने प्राविधिकहरु पनि हामीलाई आवश्यक पर्ने आएका हुनले अब भूकम्पको काममा पहिलेको तुलनामा केही सहजता आउने वताए ।
कार्यक्रममा नगरपालिकाका १० वडाका वडा अध्यक्षहरु, वडा सचिवहरु र प्राविधिकहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष र सचिवहरुले उठाएका प्रश्नहरुको आयोजनाबाट आएका प्रस्तोताहरुले उतर दिएका थिए ।
वडास्तरीय गुनासो व्यवस्थापन समितिमा वडा अध्यक्ष अध्यक्ष, सम्बन्धीत वडाका लागि खटाइएको प्राविधिक र वडा सचिव सदस्य सचिव रहने छन् ।
प्रतिक्रिया दिनुहोस्