राजनीति

देउवाको प्रदेशमा काँग्रेस २ सिटमा सीमित, वाम ६



काठमाडौ, २४ माघ ।प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश ७ मा काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा ८ सिट मध्ये काँग्रेसले २ सिट मा मात्रै विजयी प्राप्त गरेको छ । बाँकी ६ सिटमा वाम गठबन्धन विजयी भएका छन् ।

बुधवार सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनमा अल्पसङ्ख्यक–अपाङ्ग र दलित कोटाबाट वामगठबन्धनका उम्मेदवारहरू भारी मतविजयी भएका छन् ।

अल्पसङ्ख्यक–अपाङ्ग तर्फबाट माओवादी केन्द्रका महेशकुमार महरा ३ हजार ७ सय ८ मत ल्याई विजयी भएका छन् । भने उनका प्रतिद्वन्दी काँग्रेसका चेतराज जोशीले १ हजार ९ सय ८ मतमात्र प्राप्त गरेका छन् ।

दतिल कोटाबाट पनि वाम गठबन्धनकै चक्रप्रसाद स्नेही ३ हजार ७ सय ८ मत ल्याई विजयी भएका छन् । उनी एमालेबाट विजयी भएका हुन् । स्नेहीका प्रतिद्वन्दी नेपाली काँग्रेसका शेरिराम पार्कीले १ हजार ८ सय ९० मतमात्र प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसले प्रदेश ७ मा दुई सिटमा मात्र विजय हासिल गरेका छन् । तिनमा बद्री पाण्डे र महिलातर्फबाट तारादेवी भट्ट छन् । पाण्डेले खुल्लातर्फबाट विजय हासिल गरेका छन् । भने र भट्टले महिलातर्फबाट। दुवै निर्विरोध निर्वाचित भएका हुन् ।

काँग्रेसले दुई स्थानमा निर्विरोध विजय हासिल गर्दा वामगठबन्धनका ४ जनाले विजय हासिल गरेका छन् । वामगठबन्धनबाट निर्विरोध विजय हासिल गर्नेमा एमालेका शेरबहादुर शाह खुला माओवादी केन्द्रका हरिराम चौधरी खुला एमालेकी कमला ओली र इन्दु कडरिया ‘महिला’ विजयी भएका छन् ।नयाँपेज