Banner News

एमाले–माओवादी एकता को लागी कार्यदलका संयोजक तोकिए



काठमाडौं, १० फागुन । पार्टी एकताको दस्तावेज र अन्तरिम विधान मस्यौदा तयार पार्न गठित एमाले र माओवादीका छुट्टा छुट्टै दुई कार्यदलको संयुक्त बैठकले आ–आफ्नो संयोजक तोकेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत उपस्थित बैठकमा ओलीको प्रस्तावमा कार्यदल संयोजक तोकिएका हुन् ।

संगठनात्मक स्वरुप तथा विधान मस्यौदा गर्न गठित कार्यदलको संयोजकमा माओवादी नेता रामबहादुर थापा बादल रहेका छन् भने पार्टी एकताको वैचारिक दस्तावेज तयार गर्न गठित कार्यदलको संयोजकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल छन् । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवटारमा जारी छ ।