भक्तपुर,२४ फागुन । प्रतिनिधिसभाका सदस्य एंव पूर्वमन्त्री महेश बस्नेत कुनै बेला सिगो भक्तपुरको सुन्दर खोला हनुमन्तेमा अहिले पानी बग्न छोडेको बताए ।
नेता बस्नेतले आज भक्तपुरको सल्लाघारीमा हनुमन्ते सफाई कार्यक्रमको सम्पर्क कार्यालय उद्घाटनको क्रममा भक्तपुरका ईटाभट्टाहरुले हनुमन्ते खोलाको पानी प्रयोग गर्दै आएका कारण हनुमन्ते खोला खहरेको भएको वताए । ईटाभट्टाहरुलाई जिल्लाबाट अब विस्थापित गर्नु पर्ने बताउँदै उक्त अभियानमा जनता उठ्नु पर्ने बताए ।
हनुमन्ते सफाई अभियान सबैको अभियान भएकाले कसैले पनि छुट्टै कार्यक्रम बनाएर जानु हुँदैन, त्यसैले अब सबै यही कार्यक्रममा सहभागी भएर जानु पर्छ भने । नेता बस्नेतले यो सबैको अभियान हो र यसका सबै अभियान्ता हुन भने ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभासद शशिजङ थापा, माओवादीका जिल्ला संयोजक डीपी ढकाल, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल लगायत शुभकामना मनतब्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्